आफ्नै सहोदर भाइलाई हराएर दाईले जिते वडाध्यक्ष

इलाम । इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरी खड्काले आफ्नै भाइलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार बनेका भाइ मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरी निर्वाचित भएका हुन्। मनोहरीले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन्। उनीहरू सहोदर दाजुभाइ हुन्। वडाका दलित महिलातर्फ एमालेकी लक्ष्मी नेपाली, महिलामा कांग्रेसका […]

पुरै पढनुहोस

गल्छी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका यदुकुमार खतिवडा विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् । उनले गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधव प्रसाद खतिवडालाई १३९ मतान्तरले पराजित गरेका हुन् ।एमालेका खतिवडाले ११३५ पाउँदा समाजवादीका खतिवडाले भने ९९६ मत पाएका हुन् । सो वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ […]

पुरै पढनुहोस

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबुको अग्रता कायमै

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्।शनिबार दुई सय मत गनिसक्दा महर्जनले ११० मत पाएका छन्। यस्तै नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ४७ मत पाएका छन्। यस्तै उपमेयरमा भने नेकपा (एमाले)ले अग्रता कायम गरेको छ। एमालेकी मन्जली शाक्य बज्राचार्यले ६४ मत पाएकी छन्। गणठबन्धन हुँदा ललितपुरमा नेपाली कांग्रेसले उम्मेदवार उठाएको छैन। […]

पुरै पढनुहोस

गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् । उनले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर […]

पुरै पढनुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हवाई उडान प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिक तर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता […]

पुरै पढनुहोस

किवी खेती– विद्यार्थीलाई सिकाइ विद्यालयलाई आम्दानी

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माविको कक्षा दशमा अध्ययनरत विद्यार्थी गत सोमबार विद्यार्थीभन्दा फरक भूमिकामा देखिन्थे । छात्राहरु बारी खन्दै, झार उखेल्दै, बारीको कान्ला तास्दै थिए । छात्रहरु विद्यालयभन्दा केही दूरी तलका बाँसघारीबाट असिनपसिन हुँदै बाँस बोकेर विद्यालयको करेसाबारीमा ओसार्दै थिए । विद्यार्थीको भूमिका व्यावसायिक कृषक जस्तो । उनीहरुको सहकार्य, करेसाबारी र बाँसघारीमा […]

पुरै पढनुहोस

जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै लाइसेन्स : यातायात विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए । ‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी […]

पुरै पढनुहोस

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । यही चैत महिनाभित्र उनी भारत भ्रमणमा जाने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको छ । भारतीय दूतावास स्रोतले भन्यो, ‘यही चैत महिनाभित्र जाने लगभग निश्चित भएको छ, तर मितिको टुंगो लागेको छैन, […]

पुरै पढनुहोस

एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् । सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् । ढिला गरेका कारण […]

पुरै पढनुहोस