गैरसांसद गोबिन्द बन्दी बने कानुनमन्त्री

देश

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री मन्त्री नियुक्त गरेकी हुन् । उनले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने छन् । तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । अन्यथा मन्त्री पद स्वत खारेज हुन्छ । बन्दी कानुनमन्त्री भएपछि उक्त मन्त्रालय सम्हाल्दै आएका नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने छन् ।

यो मन्त्रालय लामो समयदेखि प्राधनमन्त्री देउवाले आफैंसँग राखेका थिए । देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।

रक्षा मन्त्रालय अझै खाली
अहिलेको मन्त्रिपरिषदमा रक्षा मन्त्रालयले अझै मन्त्री पाएको छ । नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले राजीनामा दिएपछि यो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *