गल्छी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका यदुकुमार खतिवडा विजयी

देश

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् ।

उनले गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका माधव प्रसाद खतिवडालाई १३९ मतान्तरले पराजित गरेका हुन् ।
एमालेका खतिवडाले ११३५ पाउँदा समाजवादीका खतिवडाले भने ९९६ मत पाएका हुन् । सो वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले १३१२ मत पाएका छन् भने गठबन्धनका अध्यक्ष उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ७९२ मत ल्याएका छन् ।

उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले ११०६ मत पाउँदा एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ९९८ मत प्राप्त गरेकी छिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *