नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

खबर खेलकुद

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०२२ जुनमा भएको लिग २ को खेलमा ओमान विरुद्ध ११४ रनको साझेदारी गरेको थियो ।

कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके ।  जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा वसलिङटोन म्याजाकाजाको बलमा रायन बर्लको हातबाट क्याच आउट भए ।

तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले ६७ रनको साझेदारी गरे । कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए ।

गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् । जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *