अमेरिकाविरुद्ध करणले लिए चार विकेट

खबर खेलकुद

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले अमेरिका विरुद्ध राम्रो शुरुवात गरेको छ ।

पावर प्ले नसकिदै नेपालले अमेरिकाको चार विकेट लिएको छ । चारै विकेट करण केसीले लिएका हुन् । करणले दोस्रो ओभरको पाँचौं र छैटौं बलमा लगातार विकेट लिएका छन् ।

ओपनर स्टेभेन टेलरलाई एलबीडब्लू गरेका करणले सैतेजा मुक्कामल्लालाई स्लिपमा आरिफ शेखबाट क्याच आउट गराए ।

त्यसपछि आठौं ओभरको पाँचौं बलमा कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए भने दशौं ओभरको दोस्रो बलमा स्लिपमै आरिफबाट नोस्थुस केन्जीगलाई क्याच गराए ।

अमेरिकाले  १० ओभरमा ४ विकेट गुमाएर १९ रन बनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *