ओलीको गृह जिल्ला झापामा काँग्रेस अगाडि

देश

झापा । केपी ओलीको गृह जिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । १० तहमध्ये प्रमुख पदको प्रारम्भिक नतिजामा काँग्रेस सात तहमा अग्रस्थानमा छ भने एमालेले दुईवटा र राप्रपाले एकमा अग्रता बनाइरहेको छ ।

काँग्रेसले अग्रता लिएका स्थानीय तहमध्ये कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, गौरिगञ्ज गाउँपालिका,कमल गाउँपालिका र काँग्रेसकै बागी रहेको कन्काई नगरपालिका रहेका छन् । त्यस्तै प्रारम्भिक नतिजामा एमालेले अर्जुनधारा नगरपालिका र शिवसतासी नगरपालिकामा अग्रता लिएको छ । समाचार तयार पार्दासम्म दमक नगरपालिकामा राप्रपाका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *