किर्ते गरी योजनाको रकम हिनामिना, ६ जना विरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खत्याड गाउँपालिका–४ स्थित गुगियाचौरमा निर्माणाधीन कृषि सिँचाइ योजनालाई निर्माण सम्पन्न भएको भनेर किर्ते गरी रकम हिनामिना गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार प्रदेश सरकारबाट रकम प्राप्त भई आर्थिक वर्ष २०७६/०७७ मा सकिनुपर्ने योजनाको काम नै नगरी सम्पन्न भएको प्रतिवेदन तयार […]

पुरै पढनुहोस

सेनाको संख्या कटौती गर्न आवश्यक छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले बहु प्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताएका हुन् । ‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको सङ्गठन रहने हाम्रो […]

पुरै पढनुहोस

पुस्तान्तरणको लागि गगनलाई प्रस्ताव गरें : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् । होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई संसदीय दलको […]

पुरै पढनुहोस

सरकार गठनका लागि दलहरुलाई ७ दिनको समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

पुरै पढनुहोस

तनहुँमा एमाले र कांग्रेस नेता जोशी समूहले चुनावी तालमेल गर्ने

तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ […]

पुरै पढनुहोस

सबैभन्दा ठूलो मतपत्र काठमाडौँको, सानो डोल्पाको

काठमाडौँ । काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुने छन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको […]

पुरै पढनुहोस

कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी समिति गठन

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । समितिका सदस्यहरुको नाम भने सार्वजनिक […]

पुरै पढनुहोस

माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीले दायर गरेको माधव नेपालसहितका सांसदको मुद्दा हेर्न नमिल्नेमा परेको छ । ओलीले दर्ता गरेको रिट न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । रिटमार्फत ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादीं) को दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग […]

पुरै पढनुहोस

माधव नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार माधवकुमार नेपाल विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख […]

पुरै पढनुहोस

नेपाल-भारत बीचमा देखिएको सीमा विवाद समाधान गर्न भारत सहमत

नेपाल-भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको हो । भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ । सचिव श्रृंगलाले […]

पुरै पढनुहोस