आफ्नै सहोदर भाइलाई हराएर दाईले जिते वडाध्यक्ष

देश

इलाम । इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरी खड्काले आफ्नै भाइलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन्।

नेकपा एमालेबाट उम्मेदवार बनेका भाइ मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरी निर्वाचित भएका हुन्।

मनोहरीले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन्। उनीहरू सहोदर दाजुभाइ हुन्। वडाका दलित महिलातर्फ एमालेकी लक्ष्मी नेपाली, महिलामा कांग्रेसका मनमाया राई, खुल्लामा कांग्रेसकै रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन्।

वडाको मतगणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन्। एमालेको मेहरमान तामाङले ४८४ मत ल्याउदा नेपाली कांग्रेसका सुवास तामाङले ६९७ मत पाएका हुन्।

उपाध्यक्षमा पनि कांग्रेसको अग्रता छ। एमालेको उम्मेदवार विष्णु खवासभन्दा कांग्रेसकी कल्पना खनाल भण्डारीले ५१ मत बढी पाएकी छन्। कल्पनाले ६११ मत पाउँदा विष्णुले ५६० मत पाएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *