महानगरले चलायो आफ्नै भवनमा डोजर

पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुइटा भवनमा डोजर चलाएको छ। पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो। महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी सहित नगर प्रहरीसहितको टोलीले भवनका सटर भत्काउन सुरू गरेको हो। महेन्द्रपुलबाट रानीपौवा जाने सडकको वारिपारि रहेका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी रहेका दुई तलाका भवन भत्काएर […]

पुरै पढनुहोस

धादिङका नारायण शर्मा दुवाडी सचिवमा बढुवा

काठमाडौँ । वरिष्ठ सहसचिव धादिङका नारायण शर्मा दुवाडी सचिवमा बढुवा भएका छन् । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाइ सचिवमा बढुवा गरेकाे हाे । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदकाे लागि सिफारिस गरेकाे ३ जना मध्ये उनलाइ पहिलाे […]

पुरै पढनुहोस

टान काेषाध्यक्षमा धादिङ ज्वालामुखीका तिमल्सेना विजयी

काठमाडाैँ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको अधिवेशन सम्पन्न भएकाे छ । हिजाे सम्पन्न भएकाे अधिवेशनबाट निलहरी बास्ताेलाकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा एमाले समर्थित पर्यटन व्यवसायिहरूकाे साझा उम्मेद्वारको रुपमा रहेका उनी प्यानल सहित विजयी भएका हुन् । यता नेकपा माअाेवादी […]

पुरै पढनुहोस

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता […]

पुरै पढनुहोस

दुबईमा संयुक्त रुपमा डोरो बाध्ने र जनै लगाउने कार्यक्रम सम्पन्न

दुबई । जनै पूर्णिमाको अवसरमा आज दुवईमा संयुक्त रुपमा डोरो बाध्ने र जनै लगाउने कार्यक्रम सम्पन्न भएको छ । युएईमै पहिलो पटक आयोजना गरिएको सो कार्यक्रममा विभिन्न व्यक्तिको उपस्थिती रहेको थियो । बरदुवईमा रहेको भोलेबाबा ज्योतिष सेवा केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । दुवईमा रहेर बालव्यास पण्डित श्रवण न्यौपानेले धार्मिक कार्यक्रम संचालन गर्दै आईरहेका […]

पुरै पढनुहोस

राजेश भट्टराईकाे अध्यक्षमा नेविसंघ मच्छिन्द्र बहुमुखी क्याम्पसकाे पुनर्गठन

धादिङ । मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोलामा आज एक कार्यक्रमका बिच नेपाल विद्यार्थी संघ एकाईको गठन गरिएको छ । राजेश भट्टराईको अध्यक्षतामा पुनर्गठित समितिको उपाध्यक्षमा उपध्यक्षमा विमला उप्रेती, सचिबमा शिरिस खड्का, सह-सचिबमा सुस्मा खड्का, कोषाध्यक्षमा किशोर अधिकारी, सह-कोषाध्यक्ष सन्जु सड्का सहित ३८ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। स्ववियु सभापति प्रमोद गिरीको विशेष उपस्थितिमा समिति गठन […]

पुरै पढनुहोस

टानको कोषाध्यक्षमा ज्वालामुखि पर्यटन विकास समाजका महासचिव तिमल्सेनाकाे उम्मेद्वारी

काठमाडाैँ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालको अधिवेशनले यतिबेला काठमाडौँ ठमेलको वातावरण तातेको छ । टानको नयाँ नेतृत्व र कार्य समितिमा रहनको लागि पर्यटन व्यवसायीहरुले विभिन्न पदमा उम्मेद्वारी घोषणा पनि गरि रहेका छन् । यसै बिच विगत २० वर्षदेखी पर्यटन व्यवसाय गर्दै आएका धादिङ ज्वालामुखी निवासी पुरुषोतम तिमल्सेना “पुरु”ले पनि कोषाध्यक्षमा […]

पुरै पढनुहोस

धादिङको खनियावास वडा नं ४ र ५ जोड्ने झोलुङ्गे पुल र पैदलमार्ग निर्माण सम्पन्न

धादिङ । जिल्लाको खनियावास गाउँपालिका वडा नं ४ र ५ जोड्न दार्खा खोलामाथि झोलुङ्गे पुल र पैदल मार्गको निर्माण सम्पन्न भएको छ । साविकको दार्खा र सत्यदेवी गाविस जोड्न महाभिर भन्ने स्थानमा सो पुल र पैदल मार्ग निर्माण गरिए पछि स्थानियहरु खुसी भएका हुन् । सो पुल र पैदलमार्ग निर्माण भएसंगै विद्यालय, स्वास्थ्य चौकी लगायत […]

पुरै पढनुहोस

यस्तो लोकप्रिय निर्णय गरेपछि कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको सबै तिर चर्चा

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ। वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्। स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम […]

पुरै पढनुहोस

भ्रष्टाचार नगर्ने भन्दै कांग्रेसबाट निर्वाचित मेयरले गरे घण्टी छोएर पदभार ग्रहण

मुगु । जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् । आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन् । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह […]

पुरै पढनुहोस