धादिङका नारायण शर्मा दुवाडी सचिवमा बढुवा

खबर

काठमाडौँ । वरिष्ठ सहसचिव धादिङका नारायण शर्मा दुवाडी सचिवमा बढुवा भएका छन् । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाइ सचिवमा बढुवा गरेकाे हाे ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदकाे लागि सिफारिस गरेकाे ३ जना मध्ये उनलाइ पहिलाे नम्वरमा सिफारिस गरेकाे थियाे ।

बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा दुवाडी, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस भएकाे थियो । सचिवमा बढुवा भएका दवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवका रुपमा खटाउने निर्णय भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *