दुबईमा संयुक्त रुपमा डोरो बाध्ने र जनै लगाउने कार्यक्रम सम्पन्न

खबर प्रवास पाना

दुबई । जनै पूर्णिमाको अवसरमा आज दुवईमा संयुक्त रुपमा डोरो बाध्ने र जनै लगाउने कार्यक्रम सम्पन्न भएको छ ।

युएईमै पहिलो पटक आयोजना गरिएको सो कार्यक्रममा विभिन्न व्यक्तिको उपस्थिती रहेको थियो । बरदुवईमा रहेको भोलेबाबा ज्योतिष सेवा केन्द्रले सो कार्यक्रमको आयोजना गरेको हो । दुवईमा रहेर बालव्यास पण्डित श्रवण न्यौपानेले धार्मिक कार्यक्रम संचालन गर्दै आईरहेका छन् ।

यसैबिच श्रावण महिनाको अन्तिम सोमवार अर्थात अगस्ट १५ तारिकका दिन बालव्यास पण्डित न्यौपानेकै अग्रसरतामा रुद्राभिषेक विशेष कार्यक्रम समेत राखिएको छ । सो केन्द्रकै आयोजनामा ऋषि पञ्चमीको अवसरमा पनि कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *