टान काेषाध्यक्षमा धादिङ ज्वालामुखीका तिमल्सेना विजयी

खबर पर्यटन

काठमाडाैँ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको अधिवेशन सम्पन्न भएकाे छ । हिजाे सम्पन्न भएकाे अधिवेशनबाट निलहरी बास्ताेलाकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ । नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा एमाले समर्थित पर्यटन व्यवसायिहरूकाे साझा उम्मेद्वारको रुपमा रहेका उनी प्यानल सहित विजयी भएका हुन् । यता नेकपा माअाेवादी केन्द्र, एमाले, राप्रपा सहितका दल सम्वद्ध पर्यटन व्यवसायिहरूकाे तर्फबाट अध्यक्षकाे उम्मेदवार वनेका धादिङका रामप्रसाद सापकाेटा कमल भने पराजित भएका छन् ।

यसै बिच बास्तोला समुहबाट कोषाध्यक्षमा उम्मेद्वारी दिएका पर्यटन व्यवसायि पुरुषोतम तिमल्सेना “पुरु” निर्वाचित हुन सफल भएका छन् । विगत २० वर्षदेखी पर्यटन व्यवसाय गर्दै आएका धादिङ ज्वालामुखी निवासी तिमल्सेना निलहरि बास्तोला समुहबाट विजयी भएका हुन् ।

ग्रामिण क्षेत्रको मध्यम वर्गिय परिवारमा जन्मिएका उनी यतिबेला पर्यटन क्षेत्रको चिरपरिचत नाम हो । यो अबस्थासम्म आइपुग्न उनले गरेका संघर्ष र मिहिनेत जो कोहीको लागि पनि निकै महत्वपुर्ण प्रेरणाको श्रोत बन्न सक्दछ ।

को हुन् तिमल्सेना

पुरुषोतम तिमल्सेनाको जन्म धादिङ जिल्लाको तत्कालिन ढोला गा.वि.स वडा नम्वर —३ हाल ज्वालामुखी गाउँपालिका वडा नं ४ मा पिता परशुराम तिमल्सेना र माता पार्वती तिमल्सेनाको कोखवाट भएको हो । मध्यम वर्गिय परिवारमा जन्मिएका तिमल्सेनाले आफ्नो औपचारिक शिक्षाको सुरुवात तत्कालिन बराहकालिका मा.वि बाट गर्नु भएको हो । २०५४ सालमा प्रथम श्रेणीमा एस.एल.सी. पास गरेपछि औपचारिक शिक्षालाई अगाडि बढाउने क्रममा काठमाडाैँ प्रवेश गर्नु भएका तिमल्सेनाको सुरुवाती चरणको काठमाडाैँबसाई अत्यन्तै संघर्षपूर्ण रहेको थियो ।

दिनमा एक छाक खाएर बस्नु पर्ने बाध्यतावाट अगाडि बढेका उनी अहिले एभोव दि हिमालयन ट्रेकिङ्ग कम्पनीको म्यानेजिङ्ग डाइरेक्टर छन् । सन् २००७ सालमा उनले यो कम्पनीको स्थापना गरेका हुन् । यो संगै उनका अन्य व्यवसाय पनि रहेको छ । आज उनलाई नेपालको स्थापित पर्यटन व्यवसायी वनाएको भनेको उनको एभोव दि हिमालयन ट्रेकिङ्ग कम्पनले नै हो । यो कम्पनी खोल्दाको संघर्ष पनि ठिकै ठुलो छ । विभिन्न उतार चढावकाका आर्को नाम पुरुषोत्तम हो भन्दा सायद फरक नपर्ला।

सरस्वती क्याम्पस ठमेलवाट व्याचलर सम्मको अध्ययन पुरा गरेका तिमल्सेना अहिले समाजसेवीको रुपमा परिचित छन् । भरियाबाट मालिकसम्म वन्न सफल भएका उनीले समाजसेवाको क्षेत्रमा निकै ठुलो योगदान दिएका छन् । उनले शमीभञ्याङ मा.विमा हिमालयन लाईब्रेरी स्थापनाको लागि निकै ठुलो सहयोग गरेका छन् भने वराह कालिका माविलाई १२ कक्षासम्म सञ्चालनको लागि समेत निकै सहयोग गरेकाछन् । खेलकुदको विकासको लागी ढोला खेलकुद विकास समाजको स्थापना गर्न सहयोग गरि युवा वर्गलाई खेल प्रति आकर्षित गर्न पनि उनको निकै महत्वपूर्ण भुमिका रहेको छ । धादिङको मैदीमा रहेको ठुलो चाैउर माविमा कम्प्युटर शिक्षालय खोल्नको लागि पनि उनले सहयोग गरेका छन् । उपचार खर्चको अभावमा रोगले थलिएका विपन्न मानिसहरुको उपचारमा पनि उनले महत्वपूर्ण सहयोग गर्दै आईरहेका छन् ।

अरुको दुखमा दुख्ने संघर्षशिल, मिहेनती र सामाजिक भावना भएको व्यक्तिको रुपमा परिचित उनले विभिन्न ३० भन्दा बढी देशको भ्रमण समेत गरेका छन्। जसमा अमेरिका, युएई, भुटान,भारत,मलेसिया,थाईल्यान्ड,सिंगापुर,स्पेन नेदरल्यान्ड, चिन, इन्डोनेसिया, फ्रान्स, ईजरायल, श्रीलङ्का , माल्दिभ्स, लावस, कम्बोडिया लगायतका देशहरु रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *