धादिङको खनियावास वडा नं ४ र ५ जोड्ने झोलुङ्गे पुल र पैदलमार्ग निर्माण सम्पन्न

खबर

धादिङ । जिल्लाको खनियावास गाउँपालिका वडा नं ४ र ५ जोड्न दार्खा खोलामाथि झोलुङ्गे पुल र पैदल मार्गको निर्माण सम्पन्न भएको छ । साविकको दार्खा र सत्यदेवी गाविस जोड्न महाभिर भन्ने स्थानमा सो पुल र पैदल मार्ग निर्माण गरिए पछि स्थानियहरु खुसी भएका हुन् ।

सो पुल र पैदलमार्ग निर्माण भएसंगै विद्यालय, स्वास्थ्य चौकी लगायत एक बस्तीबाट अर्को वस्तीसम्म जानको लागि स्थानियहरुलाई सहज भएको छ । दैनिक करिव १०० जना भन्दा वढी व्यक्तिहरु अहिले सो पुलबाट । पैदलमार्ग भएर ओहोर दोहोर गर्ने गरेका छन् । बिशेष गरि वर्खाको समयमा पुल र बाटो नभएकै कारण त्यहाँका वासीन्दाहरु जोखिमपुर्ण तरिकाले यात्रा गर्न बाध्य थिए । १२० मिटर लामो झोलुङ्गे पुलसंगै पैदल यात्राको लागि ढलान र रेलिङ सहितको ४ किलोमिटर पैदल मार्ग बनाईएको हो । करिव १ करोड लागतमा सम्पन्न सो झोलुङ्गे पुल र ४० लाख लागतमा सम्पन्न पैदल मार्गको उद्घाटन गत जेठ ११ गते एक कार्यक्रमका बिच नेपाल सरकारका पुर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रीन र विश्व खाद्य संगठनका नेपाल निर्देशक रोबर्ट काश्कायबाट संयुक्त रुपमा गरिएको थियो ।

विदेशी दातृनिकायहरु युकेएड र विश्व खाद्य संगठनको सहयोगमा म्याक डोनालमार्फत योजना सम्पन्न भएको हो । योजना सम्पन्न गर्नको लागि ज्वालामुखी कन्टक्सन धादिङले ठेक्का पाएको थियो । योजना निर्धारित समयमै सम्पन्न गरेर स्थानिय निकायलाई हस्तान्त्रण गरिएको रुवी भट्टराईले लेकबेशी खबरलाई जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *