दीपेन्द्रले बनाए टी-२० मा पनि शतक

काठमाडौं । नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्धको खेलमा उनले ५७ बल खेल्दै ६ छक्का र १० चौकाको मद्दतमा १०८ रनमा अविजित रहे । योसँगै उनी टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि पूर्वकप्तान पारस खड्काले […]

पुरै पढनुहोस

दीपेन्द्रको लगातार दोस्रो अर्धशतक

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ३८ बलमा ७ चौकासहित ५२ रनमा अविजित छन् । दीपेन्द्रले पपुवा न्युगिनीविरुद्ध ६६ रन बनाएका थिए । तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए । रोहित ३४ बलमा […]

पुरै पढनुहोस

रुसी हमलाका कारण युक्रेनका ५३ ऐतिहासिक सम्पदामा क्षति

काठमाडौं । रुसी हमलामा युक्रेनमा धार्मिक भवन र संग्रहालयसहित कम्तीमा ५३ ऐतिहासिक भवन तथा क्षेत्र क्षतिग्रस्त भएको राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन युनेस्कोले जनाएको छ । ‘यो पछिल्लो सूची हो, तर यो पूर्ण छैन । किनकि हाम्रा विज्ञहरूबाट युक्रेनी अधिकारीहरूले फाइल गरेका धेरै रिपोर्टहरू प्रमाणीकरण गर्ने कार्य जारी छ’, युनेस्कोका प्रवक्ताले समाचार संस्था एएफपीलाई […]

पुरै पढनुहोस

पुनहिलमा आन्तरिक पर्यटकको भीड

म्याग्दी । पाखाभरी लालिगुँरास फुलेर राताम्मै भएको म्याग्दीमा आन्तरिक पर्यटकको भीड लागेको छ । वरिपरि हिमशृङ्खलाको लहरले पर्यटकलाई लोभ्याउने गरेको छ । पहाडको टुप्पो पुनहिल प्रख्याल पर्यटकीय स्थल हो । पर्यटकीय सिजन सुरु भएसँगै घोडेपानी र पुनहिलमा पर्यटक पुग्न थालेपछि स्थानीय खुशी भएका छन् । अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढेपछि […]

पुरै पढनुहोस

किवी खेती– विद्यार्थीलाई सिकाइ विद्यालयलाई आम्दानी

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माविको कक्षा दशमा अध्ययनरत विद्यार्थी गत सोमबार विद्यार्थीभन्दा फरक भूमिकामा देखिन्थे । छात्राहरु बारी खन्दै, झार उखेल्दै, बारीको कान्ला तास्दै थिए । छात्रहरु विद्यालयभन्दा केही दूरी तलका बाँसघारीबाट असिनपसिन हुँदै बाँस बोकेर विद्यालयको करेसाबारीमा ओसार्दै थिए । विद्यार्थीको भूमिका व्यावसायिक कृषक जस्तो । उनीहरुको सहकार्य, करेसाबारी र बाँसघारीमा […]

पुरै पढनुहोस

स्थायी शिक्षकका लागि परिक्षा सुरु

काठमाडौँ । स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा मंगलबारबाट सुरु भएको छ । १७ हजार २०० भन्दा बढी स्थायी शिक्षक नियुक्तिका लागि देशभर परीक्षा सुरु भएको हो । आज माध्यमिक तहको लिखित परीक्षा (सामान्य) को भइरहेको छ । त्यसका लागि प्रदेश १ को मोरङ, मधेस प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, […]

पुरै पढनुहोस

चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार

डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि  हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । अपिहिमाल गाउँपालिका–३ पाथामा आइतबार नेकपा (एमाले)को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । हेलिकोप्टरमार्फत उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले […]

पुरै पढनुहोस

नन्द–भाउजूको आपसी व्यवहार र थप उकेरा

शोभा परियार‘विवाह गर्ने उमेर पनि भयो, अब विवाह गरिनौ भने उमेर घर्किन्छ । उमेरमै विवाह गर्यौ भने बच्चा पनि समयमै हुर्किन्छन् । उमेर घर्किंदै जाँदा रोगले छोप्दै गएपछि बच्चाको हेरविचार गर्नमा पनि कठिन हुन्छ । धेरै महत्वाकांक्षी भएर महिला भएको अस्तित्व नै नभुल्नू, जसै विवाह गर्नु नै पर्छ ।’ सामान्यतया २४–२५ वर्ष उमेर पुगेका केटीहरुलाई […]

पुरै पढनुहोस

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल, ५ खेलाडी परिवर्तन

काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो । यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित […]

पुरै पढनुहोस

अन्तर्राष्ट्रिय धादिङ समाजका संरक्षक तथा सल्लाहकार बिच परिचयात्मक कार्यक्रम सम्पन्न

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा आज संरक्षक तथा सल्लाहकारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमिति गठन भए पछि पहिलो पटक सो कार्यक्रमको आयोजना गरिएको हो । विश्वभर छरिएर रहेका धादिङबासीहरुलाई एकै ठाउँमा जोड्ने उदेश्य सहित गठन भएको सो संस्थाले धादिङ जिल्लामा विभिन्न सामाजिक कार्य सन्चालन गर्दै आईरहेको छ । भर्चुअल माध्यमबाट आयोजना […]

पुरै पढनुहोस