अन्तर्राष्ट्रिय धादिङ समाजका संरक्षक तथा सल्लाहकार बिच परिचयात्मक कार्यक्रम सम्पन्न

खबर

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा आज संरक्षक तथा सल्लाहकारहरुको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नयाँ कार्यसमिति गठन भए पछि पहिलो पटक सो कार्यक्रमको आयोजना गरिएको हो । विश्वभर छरिएर रहेका धादिङबासीहरुलाई एकै ठाउँमा जोड्ने उदेश्य सहित गठन भएको सो संस्थाले धादिङ जिल्लामा विभिन्न सामाजिक कार्य सन्चालन गर्दै आईरहेको छ ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय समन्वय समिति अन्तर्गत धादिङ समाज अस्ट्रेलियाका अध्यक्ष अर्जुन केसी,धादिङ समाज जापानका अध्यक्ष दिनेश शर्मा लोहनी,धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष भवानी प्रसाद पौडेल,धादिङ समाज युएई निवर्तमान अध्यक्ष प्रसिद्ध खतिवडाको उपस्थिती रहेको थियो । त्यस्तै सा् कार्यक्रममा सल्लाहकारहरु भुवन गुरुङ,कृष्ण प्रसाद तिमल्सेना, डा.प्रताव छत्कुली, मनोज थापा, किरण अधिकारी, निराजन गौली, कृष्ण खनाल, प्रमोद भट्ट, कृष्ण न्यौपाने, सुजन अधिकारी, सीता अर्यालले सुझाव सहित शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा संरक्षकहरु अर्जुन धरेल, आरके त्रिपाठी, एनके अर्यालले पनि सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए । साथै संरक्षकहरु प्रो.डा. पदम सिंखडा र रामशरण सिंखडाले कार्यक्रममा ऐक्यवद्धता जनाएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष राजाराम शर्माले समाजले पु¥याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

समाजका अध्यक्ष राजन खकुरालले अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम महासचिव राजेन्द्र श्रेष्ठले सन्चालन गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *