दीपेन्द्रको लगातार दोस्रो अर्धशतक

खेलकुद

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ३८ बलमा ७ चौकासहित ५२ रनमा अविजित छन् । दीपेन्द्रले पपुवा न्युगिनीविरुद्ध ६६ रन बनाएका थिए ।

तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए । रोहित ३४ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । रोहितले ३२ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए ।

तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद वाफिकको बलमा १२ रनमा एलबीडल्लू आउट गरे । उनले ८ बलमा २ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भए । उनले ९ बलमा ३ चौका प्रहार गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *