दीपेन्द्रले बनाए टी-२० मा पनि शतक

खेलकुद

काठमाडौं । नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्धको खेलमा उनले ५७ बल खेल्दै ६ छक्का र १० चौकाको मद्दतमा १०८ रनमा अविजित रहे । योसँगै उनी टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि पूर्वकप्तान पारस खड्काले एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *