चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । यही चैत महिनाभित्र उनी भारत भ्रमणमा जाने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको छ । भारतीय दूतावास स्रोतले भन्यो, ‘यही चैत महिनाभित्र जाने लगभग निश्चित भएको छ, तर मितिको टुंगो लागेको छैन, […]

पुरै पढनुहोस

अर्थमन्त्री जनार्दन शर्मा ‘बिरामी’, सञ्चार मन्त्री कार्कीले एमसिसी टेबल गर्ने

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आज प्रतिनिधि सभाको बैठकमा टेबल हुने भएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले केहीबेरमा सुरू हुने बैठकमा एमसिसी टेबल गर्दैछन्। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी टेबल गर्ने कार्यसूची थियो। अर्थमन्त्री शर्मा आजको बैठकमा अनुपस्थित हुने भएकाले उनको ठाउँमा कार्कीले एमसिसी टेबल गर्न लागेका हुन्। अर्थमन्त्री […]

पुरै पढनुहोस

संसद बैठक सुरु : एमसीसी कार्यसूचीमा, एमालेको विरोध कायमै

काठमाडौं । आइतबारको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले होहल्ला सुरु गरेको छ । यसअघि गत भदौ २० गतेदेखि एमालेले निरन्तर अवरोध कायम राख्दै आइरहेको छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) पेस गर्ने कार्यसूची रहेको छ ।

पुरै पढनुहोस

द्रुत गतिमा अघि बढ्दै नागढुंगा–नौबिसे सुरूङ खन्ने काम

स्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदो रहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजना’ भएको छ।  चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरूआती चरणदेखि निरन्तर स्थानीय तहमा आवश्यक सहयोग तथा समन्वय प्रदान गरेकै कारण सुरूङमार्ग निर्माणले अहिले द्रुत गति लिइरहेको छ।  नगरपालिकाले काठमाडौं तर्फको […]

पुरै पढनुहोस
baneshwor mcc protest

नयाँबानेश्वरमा तनाव

काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ । प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेका छन् । त्यसपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ । […]

पुरै पढनुहोस
राजनीति

नेपाल स्थानीय निर्वाचनः के वैशाखमा हुने चुनावमा फेरि वाम एकताको सम्भावना छ

स्थानीय तहको चुनाव आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा वाम गठबन्धन बनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्षमाथि दबाव रहेको उक्त पार्टीका एक नेता हरिबोल गजुरेलले बताएका छन्। तर यसअघि एकीकरण गरी बनेको नेकपाबाट छुट्टिएको नेकपा (एमाले) सँग गठबन्धन गर्ने विषयमा आधारहरू नदेखिएको उनले बताए। नेता गजुरेलले अहिलेको सत्ता गठबन्धन “प्रतिगमनलाई रोक्न” बनेको बताउँदै “त्यसको खतरा […]

पुरै पढनुहोस
featured photo

यत्रतत्र शव नै शव

त्यहाँको अवस्था वर्णन गर्दै एक स्थानीयवासी नदेज्दा सुखोरूकोभाले भनिन्, “गाडी वा केटाकेटीको आवाजविहीन एक मृत सहर जहाँ जलिरहेका घर र यत्रतत्र शव नै शव देखिन्छ।” हमलामा परी थुप्रै सर्वसाधारण मारिएका छन्। मारिओपोल लगभग चारैतिरबाट रुसी फौजको घेराबन्दीमा रहेको छ। रुसी अतिक्रमणअघि मारिओपोलमा साढे चार लाख मानिसको घर थियो। अहिले तीन लाख मानिस बिजुली, ग्यास अथवा […]

पुरै पढनुहोस

युक्रेन-रुस युद्धः रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोल पुगेका अन्तर्राष्ट्रिय पत्रकारहरूले जे देखे

रोयटर्स समाचारसंस्थाले त्यहाँ प्रलयकारी अवस्था देखिएको भन्दै आवासीय भवनहरू अपार्टमेन्ट ब्लकहरू जम्मै जलेर काला भएका उल्लेख गरेको छ। कैयौँ दिनसम्म भूमिगत आश्रय लिएर ज्यान जोगाएका परिवारहरू बाहिर निस्कँदै गरेको र शवहरूलाई बाटोकै छेउछाउमा गाडिएको पत्रकारहरूले बताएका छन्। जताततै भग्नावशेष मात्र देखिएको र खानेकुरा तथा खानेपानीको अभाव भएको उनीहरूले बताए। ‘यत्रतत्र शव नै शव’ त्यहाँको अवस्था […]

पुरै पढनुहोस