युक्रेन-रुस युद्धः रुसी सेनाको घेराबन्दीमा रहेको मारिओपोल पुगेका अन्तर्राष्ट्रिय पत्रकारहरूले जे देखे

खबर

रोयटर्स समाचारसंस्थाले त्यहाँ प्रलयकारी अवस्था देखिएको भन्दै आवासीय भवनहरू अपार्टमेन्ट ब्लकहरू जम्मै जलेर काला भएका उल्लेख गरेको छ।

कैयौँ दिनसम्म भूमिगत आश्रय लिएर ज्यान जोगाएका परिवारहरू बाहिर निस्कँदै गरेको र शवहरूलाई बाटोकै छेउछाउमा गाडिएको पत्रकारहरूले बताएका छन्।

जताततै भग्नावशेष मात्र देखिएको र खानेकुरा तथा खानेपानीको अभाव भएको उनीहरूले बताए।

‘यत्रतत्र शव नै शव’

त्यहाँको अवस्था वर्णन गर्दै एक स्थानीयवासी नदेज्दा सुखोरूकोभाले भनिन्, “गाडी वा केटाकेटीको आवाजविहीन एक मृत सहर जहाँ जलिरहेका घर र यत्रतत्र शव नै शव देखिन्छ।”

हमलामा परी थुप्रै सर्वसाधारण मारिएका छन्। मारिओपोल लगभग चारैतिरबाट रुसी फौजको घेराबन्दीमा रहेको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *