नेपाल स्थानीय निर्वाचनः के वैशाखमा हुने चुनावमा फेरि वाम एकताको सम्भावना छ

खबर
राजनीति

स्थानीय तहको चुनाव आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा वाम गठबन्धन बनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्षमाथि दबाव रहेको उक्त पार्टीका एक नेता हरिबोल गजुरेलले बताएका छन्।

तर यसअघि एकीकरण गरी बनेको नेकपाबाट छुट्टिएको नेकपा (एमाले) सँग गठबन्धन गर्ने विषयमा आधारहरू नदेखिएको उनले बताए।

नेता गजुरेलले अहिलेको सत्ता गठबन्धन “प्रतिगमनलाई रोक्न” बनेको बताउँदै “त्यसको खतरा अझै नटरेकोले एमालेसँग गठबन्धन गर्ने आधार नरहेको” बताउँछन्।

“अहिलेको आवश्यकता चुनावमा सत्ता गठबन्धनकै निरन्तरता हुनुपर्‍यो भन्ने हो,” उनले भने।

“तालमेलका प्रयासहरू भइरहेका छन्। अध्यक्षमाथि वाम गठबन्धनका लागि अलिकति दबाव छ।”

उनले सत्तारूढ गठबन्धनको सबैतिर सहकार्य सम्भव नरहेको आफूहरूले बुझेको तर एमालेलाई रोक्न पर्ने ठाउँहरूमा त्यसो गर्न सकिने धारणामा रहेको बताए।

राजनीति
Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *