अर्थमन्त्री जनार्दन शर्मा ‘बिरामी’, सञ्चार मन्त्री कार्कीले एमसिसी टेबल गर्ने

खबर

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आज प्रतिनिधि सभाको बैठकमा टेबल हुने भएको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिले केहीबेरमा सुरू हुने बैठकमा एमसिसी टेबल गर्दैछन्। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी टेबल गर्ने कार्यसूची थियो। अर्थमन्त्री शर्मा आजको बैठकमा अनुपस्थित हुने भएकाले उनको ठाउँमा कार्कीले एमसिसी टेबल गर्न लागेका हुन्।

अर्थमन्त्री शर्माका सहयोगी नवीन शर्माका अनुसार शर्मा ‘बिरामी’ परेका छन्। ‘उहाँ आज बिरामी पर्नुभएको छ,’ शर्माले भने। आजको कार्यव्यवस्था परामर्श समितिमा माओवादीका सांसदहरूले एमसिसी संसदमा टेबल गर्ने विषयमा आफ्नो लिखित असहमति राखेका थिए।

संसदमा एमसिसी सम्झौता टेबल गर्दा सञ्चार मन्त्री कार्कीले एमसिसी सम्झौताबारे संक्षेपमा केही धारणा राख्ने छन् भने प्रस्ताव लिएर महासचिवको टेबलमा राखिदिने छन्।

एमसिसीबारे संसदमा कहिलेदेखि छलफल हुन्छ भन्ने टुंगो भएको छैन। अर्को बैठक फागुन १२ गते गरेर एमसिसीबारेको छलफल सुरू गर्ने तयारी छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *