टानको कोषाध्यक्षमा ज्वालामुखि पर्यटन विकास समाजका महासचिव तिमल्सेनाकाे उम्मेद्वारी

काठमाडाैँ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालको अधिवेशनले यतिबेला काठमाडौँ ठमेलको वातावरण तातेको छ । टानको नयाँ नेतृत्व र कार्य समितिमा रहनको लागि पर्यटन व्यवसायीहरुले विभिन्न पदमा उम्मेद्वारी घोषणा पनि गरि रहेका छन् । यसै बिच विगत २० वर्षदेखी पर्यटन व्यवसाय गर्दै आएका धादिङ ज्वालामुखी निवासी पुरुषोतम तिमल्सेना “पुरु”ले पनि कोषाध्यक्षमा […]

पुरै पढनुहोस

धादिङको खनियावास वडा नं ४ र ५ जोड्ने झोलुङ्गे पुल र पैदलमार्ग निर्माण सम्पन्न

धादिङ । जिल्लाको खनियावास गाउँपालिका वडा नं ४ र ५ जोड्न दार्खा खोलामाथि झोलुङ्गे पुल र पैदल मार्गको निर्माण सम्पन्न भएको छ । साविकको दार्खा र सत्यदेवी गाविस जोड्न महाभिर भन्ने स्थानमा सो पुल र पैदल मार्ग निर्माण गरिए पछि स्थानियहरु खुसी भएका हुन् । सो पुल र पैदलमार्ग निर्माण भएसंगै विद्यालय, स्वास्थ्य चौकी लगायत […]

पुरै पढनुहोस

मंगलबार प्रेमी शरद्सँग विवाह गर्दै इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ । आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् । ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा […]

पुरै पढनुहोस

यस्तो लोकप्रिय निर्णय गरेपछि कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षको सबै तिर चर्चा

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीहरूलाई ५० हजार रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको छ। वैशाख ३० गते भएको स्थानीय चुनावबाट अध्यक्षमा निर्वाचित भएका राजकुमार महतोले बालविवाह रोक्न र छोरीहरूलाई पढ्ने उत्प्रेरणा दिन यस्तो निर्णय गरेका हुन्। स्थानीय चुनावको तयारी गर्नुअघि महतो विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालयमा काम […]

पुरै पढनुहोस

भ्रष्टाचार नगर्ने भन्दै कांग्रेसबाट निर्वाचित मेयरले गरे घण्टी छोएर पदभार ग्रहण

मुगु । जिल्लाको छायानाथ रारा नगरपालकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् । आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका छन् । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह […]

पुरै पढनुहोस

वडाको कार्यालय सहयोगी नै त्यही वडाको वडाअध्यक्ष बनेपछि..

दाङ – चन्द्रबहादुर गुरुङ झन्डै पाँच वर्ष दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ को कार्यालय सहयोगी पदमा कार्यरत हुनुभयो । २०७४ को पालिका चुनावमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि चन्द्रबहादुर गुरुङ कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थाल्नु भएको थियो । कार्यालय सहयोगीको पदबाट राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिनु भएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम […]

पुरै पढनुहोस

वडाध्यक्षका प्रतिस्पर्धी अस्पताल र हिरासतमा, गोला तान्दा कांग्रेसका श्रेष्ठ निर्वाचित

धादिङ । स्थानीय निर्वाचनको दुई दिनअघि वैशाख २८ गते नीलकण्ठ नगरपालिका वडा नं। ६ को देउरालीछाप रणमैदान बन्यो । जिल्लाका विभिन्न पालिकामा चुनावी तालमेल गरे पनि नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार भूपेन्द्र श्रेष्ठको समूह र नेकपा माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच झडप भयो । माओवादी केन्द्रबाट वडाध्यक्षका प्रत्यासी लक्ष्मण रम्तेल नेतृत्वको समूहमाथि आक्रमण गरेको आरोप लाग्यो । […]

पुरै पढनुहोस

धादिङको ज्वालामुखी गापा अध्यक्षमा कांग्रेसका दनै र उपाध्यक्षमा नेकपा एसका अर्याल विजयी

धादिङ । ज्वालामुखी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र समाजवादीको गठबन्धन विजयी भएको छ । ७ वडा रहेको सो पालिकामा अध्यक्षमा नेपाली कांग्रेसका यमनाथ दनै र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका धर्मबहादुर अर्याल विजयी भएका छन् । अध्यक्षमा निर्वाचित दनैले ८ हजार ३४ मत प्राप्त गर्न सफल भए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हरेराम लोहनीले […]

पुरै पढनुहोस

नीलकण्ठ नगरपालिका वडा नं ८ मा स्वतन्त्रको तर्फबाट प्रकाश श्रेष्ठको टिम नै विजयी

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ को वडाध्यक्षमा स्वतन्त्र तर्फबाट प्रकाश श्रेष्ठ विजयी भएका छन् । नेपाली कांग्रेसको गढको रुपमा रहेको यस वडामा भारी मतान्तर सहित वडा अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ निर्वाचित भएका हुन् ।भुईकटहर चुनाव चिन्ह पाएका श्रेष्ठले ११५३ मत पाउँदा नेपाली कांग्रेसले ३६३ मत प्राप्त गरेको छ । त्यस्तै एमालेले ४०२ मत, […]

पुरै पढनुहोस

धादिङको ज्वालामुखी ४ मा कांग्रेसबाट टिकट नपाएका स्वतन्त्र उम्मेदवार गुरुङ वडाध्यक्ष निर्वाचित

धादिङ । ज्वालामुखी गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा स्वतन्त्रबाट कृष्णबहादुर गुरुङ निर्वाचित भएका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका उनी यस पटक पार्टीले टिकट नदिए पछि स्वतन्त्र उठेका थिए । पार्टीले पुर्व गाविस उपाध्यक्ष तथा कांग्रेसका पुर्ववडा सभापति समेत रहेका कृष्णलाल श्रेष्ठलाई टिकट दिएको थियो । गुरुङले नेपाली कांग्रेस […]

पुरै पढनुहोस