नेपालले मंगोलियासँग खेल्दै

खेलकुद

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगमा आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ ।

मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद् सुरुवात गर्न चहान्छ । नेपाल नयाँ कप्तान तथा सेटर हरि हजुर थापाको कप्तानीमा मैदान उत्रनेछ ।

टोलीसँग ओपन स्पाइकरमा मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रविन चन्द छन् । अपोजिट हिटरमा धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल छन् । मिडल ब्लकरमा दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विक रहँदा लिवेरोमा भीम बहादुर गाहा छन् ।

एक मात्रै लिवेरो रहेकाले भीमले राष्ट्रिय टोलीमा डेब्यु गर्ने पक्का रहँदा सफल विक र हेमन्त बहादुर मल्लले राष्ट्रिय टोलीमा डेब्यु गर्ने सम्भवना छ । सेटर लोकेन्द्र राज गिरीले पनि टोलीमा पूनरागमन गर्ने सम्भावना छ ।

राउन्ड रोविन लिगको आधारमा हुने खेलमा नेपालले सोमबार किर्गिस्तान, मंगलबार इरान, बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्को टोली तथा त्यसपछि आइतबार उज्वेकिस्तानसँग खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट, प्रशिक्षकमा भरत यादव तथा टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन् ।

नेपाली टोली
सेटर – हरि हजुर थापा र लोकेन्द्र राज गिरी
ओपन स्पाइकर – मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रोविन चन्द,
अपोजिट हिटर – धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल
मिडल ब्लकर – दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विक
लिवेरो – भीम बहादुर गाहा

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *