नेपालले टस हार्यो

खेलकुद

काठमाडौं : नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग टस हारेको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्नेछ ।

नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन् । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ । पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ ।

नेपालले पहिलो पटक टेस्ट टोलीसँग ओडिआई खेल खेल्दैछ । ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् । नेपालका सन्दीप लामिछाने र जिम्बावेका सिकन्दर राजा प्रमुख हतियार हुन् । राजाले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । २०१८ को विश्वकप छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका राजा नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । नेपालले जिम्बावेसँग एकमात्रै ५० ओभरको खेल खेलेको छ ।

२०१८ को विश्वकप छनोटमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । राजाले ६६ बलमा १ सय २३ रन बनाएपछि जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८० रन बनाएको थियो । राजाको प्रदर्शन ब्याटिङ र बलिङ दुबैमा महत्वपूर्ण हुनेछ । यता ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने सन्दीप नेपालका प्रमुख हतियार हुन् । उनको उत्कृष्ट प्रदर्शन बिना जित कठिन देखिन्छ ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *