३९ वर्षपछि एकै देशका तीन खेलाडी शीर्ष तीन वरियतामा

खेलकुद

एजेन्सी – आइसिसीको टेस्ट वरियतामा ३९ वर्षपछि पहिलो पटक एकै देश अष्ट्रेलियाका तीन खेलाडी शीर्ष तीनमा पर्न सफल भएका छन् । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराउन सानदार प्रदर्शन गरेपछि अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीन वरियतामा परेका हुन् ।

आइसिसीको नयाँ वरियता अनुसार टेस्टको शीर्ष स्थानमा मार्नस लाबुसेन, दोस्रो स्थानमा स्टिभ स्मिथ र तेस्रो स्थानमा ट्रर्विस हेड छन् । हेडले तीन र स्मिथले एक स्थान सुधार गरेका हुन् । सन् १९८४ पछि पहिलो पटक टेस्ट वरियतामा एकै ब्याटर शीर्ष तीनमा परेका हुन् । १९८४ डिसेम्बरमा वेस्टइन्डिजका ग्रोर्डन ग्रीनिज शीर्ष, क्लाइभ लियोर्ड दोस्रो र ल्यारी गोम्स तेस्रो स्थानमा थिए ।

भारतलाई फाइनलमा हराउन पहिलो इनिङमा ट्रविस हेडले १ सय ६३ र स्टिभ स्मिथले १ सय २१ रनको सानदार शतकीय इनिङ खेलेका थिए । चौथो विकेटका लागि हेड र स्मिथले २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए ।

नयाँ टेस्ट वरियतामा न्युजिल्यान्डका केन विलियम्सन चौथो, पाकिस्तानका बाबर आजम पाँचौं र इंग्ल्यान्डका जो रुट छैटौं स्थानमा छन् । शीर्ष १० मा भारतका एक मात्रै खेलाडी ऋषभ पन्त छन् । पन्त १० औं स्थानमा छन् । रोहित शर्मा १२ र विराट कोहली १३ औं स्थानमा छन् ।

बलिङतर्फ भारतका रविचन्द्रन आश्विन शीर्षस्थानमा यथावत छन् । इंग्ल्यान्डका जेम्स एन्डरसन दोस्रो र अष्ट्रेलिया कप्तान प्याट कमिन्स तेस्रो स्थानमा छन् ।

भारतीय अलराउन्डर रविन्द्र जडेजा टेस्टको अलराउन्ड वरियतातर्फ शीर्ष स्थानमा छन् । नेपाल भने टि२० आई वरियतामा १७ औं र ओडिआई वरियतामा १४ औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *