नेपाल र भारत बीचको खेल वर्षाको कारण प्रभावित

खेलकुद

एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टि२० प्रतियोगितामा नेपाल र भारत ए बीचको खेल वर्षाको कारण प्रभावित बनेको छ । खेल नेपाली समय अनुसार बिहान ११ः १५ मा हङकङको मोंग कोकमा सुरु हुनुपर्ने थियो ।

तर बुधबार बिहान भएको वर्षाको कारण खेलको टस पनि हुन नसकेको हो । एसियन क्रिकेट काउन्सिले भिजेको आउफिल्डको कारण खेल हुन नसकेको जनाएको छ । वर्षाको कारण आजको पहिलो खेलमा हङकङ र पाकिस्तान ए ले एक एक अंक बाँडेका छन् ।

नेपाल पहिलो र भारत लगातार दोस्रो जितको सोचमा हुनेछन् । पहिलो खेलमा पाकिस्तानविरुद्ध सानदार बलिङ प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेपाल पराजित भएको थियो । नेपालले आजको खेलमा ब्याटिङमा सुधारका साथ भारतलाई स्तब्ध पार्न चाहन्छ । नेपाल पाकिस्तान ए सँग ९ रनले पराजित भएको थियो । जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सकेको थियो ।

उता भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । यता भारतीय टोलीमा १८ देखी २० वर्षसम्मका खेलाडी छन् । भारतीय सिनियर टोलीबाट खेलेका कुनैपनि खेलाडी छैनन् । सबै यू१९ का खेलाडी छन् ।भारतीय टोलीमा कुनैपनि खेलाडी २० वर्ष माथिका छैनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *