सन्दीप एलपिएलमा अनसोल्ड

खेलकुद

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन् । श्रीलंकामा जारी अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई कुनैपनि टोलीले मूल्य लगाएनन् ।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ३० हजार अमेरिकी डलर (झन्डै ४० लाख) नेपाली रुपैयाँ राखेका थिए । तर कुनैपनि टोलीले उनलाई न्यूनतम मूल्यमा बोली लगाउन चाहेनन् । गतवर्ष सन्दीप ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए । तर सन्दीपले उक्त लिग पछि खेलेका थिएनन् ।

सन्दीप वर्तमान समयमा नेपाली क्रिकेट टोलीबाट आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि जिम्बावेमा छन् । सन्दीपलाई गत वर्ष भदौमा एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि उनी गत फागुनमा मात्रै नेपाली क्रिकेट टोलीमा पूनरागमन गरेका थिए । मंगलबार राती भने ग्लोबल टि२० क्यानडामा सन्दीपलाई सर्रे जगुआरले किनेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *