भदौ ५ भित्र मिटरब्याजी पीडितले उजुरी दर्ता गर्नू : सरकार

मुख्य खबर

काठमाडौँ । गृह मन्त्रालयले देशभरका सबै मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता गर्न अनुरोध गरेको छ।

मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्म उजुरी दिन अनुरोध गरेको हो। पीडितहरूलाई आ आफ्नै जिल्ला प्रशासन कार्यालयमा भएका प्रमाणसहित लिएर जान अनुरोध गरेको हो।

शुक्रबार मिटरब्याजको नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णय गरी यस अपराधलाई नियन्त्रण गर्न सक्ने उपायहरू सिफारिस गर्न डा। भीष्मकुमार भूसालको संयोजकत्वमा कार्यदल बनेको थियो।

सो कार्यदल बनेसँगै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिइरहेका नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाका पीडितहरूसँग पनि छलफल गरेको मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा छलफल भएको थियो।

यस्तै नवलपरासी पश्चिममा मात्रै नभई तराईका अधिकांश जिल्लाहरूमा मिटरब्याजबाट पीडित भएकाहरू हुनसक्ने भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो।

‘देशैभरी मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरूद्ध आ(आफ्नो जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *