बालेनको अग्रता कायमै, मतान्तर झनै बढ्यो

देश

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर झनै बढाएका छन्।

पछिल्लो मतगणना अनुसार शाहले ३५३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १८५६ मत ल्याएर पछ्याइरहेका हुन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६६८ मत पाएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४, ३२ र ३१ को मत गणना भइरहेको छ। छ वटै वडामा बालेनले अग्रता लिइरहेका छन्।

वडा नम्बर ३१ को मतगणना केही समयअघि मात्र सुरू भएको हो। यसमा पनि बालेनले नै अग्रता लिएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *