एकै ओभरमा नेपालले गुमायो ३ विकेट !

खेलकुद

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपालले अहिले पपुवा न्यूगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभरमा नेपाल ६ विकेट गुमाएर ११४  रन बनाएको छ ।

एकै ओभरमा नेपालले ३ विकेट गुमाएको छ । १२ औं ओभरमा नेपालले ३ विकेट गुमाएको हो । सेमो कमेअको ओभरमा नेपालले विना कुनै रन जोड्दै ३ विकेट गुमाएको हो ।

ओभरको पहिलो बलमा ओपनर आसिफ शेख सिएकाको हातबाट २९ रनमा आउट भयो । दोस्रो बल डट खाएका नयाँ ब्याटर आरिफ सेखलाई भालाको हातबाट डक भए ।

पाँचौं नम्बरमा ब्याटिङमा आएका दिलिप नाथ व्यक्तिगत दोस्रो बलमा खाता नखोल्दै बोल्ड भए । कमेअले आफ्नो ४ ओभर बलिङ गर्दै १ मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *