काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) एमाले प्रवेश गरेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
विगतमा एमाले पृष्ठभुमी कै उनी करिव १५ वर्ष पछि फेरी एमालेमै फर्किएका हुन् । पार्टी प्रवेश गर्न भन्दै उनी आज नेकपा एमालेका अध्यक्ष केपी ओली निवास पुगेका थिए । ओलीले एक कार्यक्रमका बिच उनलाई खाँदा ओडाएर पार्टीमा स्वागत गरेका हुन्।
उनी धादिङ जिल्लामा माओवादी केन्द्रबाट निर्वाचित एक मात्र पालिका अध्यक्ष हुन् । माओवादी केन्द्र र कांग्रेसबिचको गठबन्धनबाट उनी अध्यक्षमा निर्वाचित भएका थिए ।
Facebook Comments Box