दीपेन्द्र बने एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटम्यान

खेलकुद

काठमाडौँ । मध्यक्रमका ब्याटर दिपेन्द्रसिंह ऐरी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटम्यान बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्रले यो ऐतिहासिक सफलता हात पारेका हुन् ।

यसअघि लिग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध अविजित सतकीय इनिङ खेलेका दिपेन्द्र नेपालका लागि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । यस सूचीको दोस्रो स्थानका पारसको सात सय ९९ रन छ । तेस्रो नम्बरका ज्ञानेन्द्र मल्लको सात सय ४८ रन छ ।

यस्तै, ओपनर कुशल भुर्तेल ५ सय ७३ रन सहित चौथो स्थानमा छन् । उनी टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने आइसिसी एसोसियट राष्ट्रको छैटौं खेलाडी समेत बने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *