त्रिकोणात्मक सिरिजको फाइनल- टस हारेर नेपाल ब्याटिङ गर्दै

खेलकुद

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल र पपुवा न्युगिनी भिडिरहेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ ।

टस हारेसँगै नेपाल ब्याटिङमा उत्रिएको छ । आज नेपालको टिममा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी अटाएका छन् । त्यस्तै, आशिफ शेख, करण केसी, अभिनाश बोहोरा, दिलिप नाथ रोहित कुमार पौडेल र आदिल अन्सारी पनि नेपाली टोलीमा अटाएका छन् ।

जारी सिरिजमा नेपाल कुनै पनि खेल नहारी फाइनल प्रवेश गरेको हो भने पपुवा न्युगिनीले एक खेलमात्र जितेर फाइनल खेल्न लागेको हो । यसअघि सिरिजका दुई खेलमा नेपालले पपुवा न्युगिनीको सामना गर्दा दुबै खेल नेपालले जितेको थियो ।

पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो भने अर्को खेलमा पपुवा न्युगिनी नेपालसँग ३५ रनले पराजित भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *