नेपाल-भारत बीचमा देखिएको सीमा विवाद समाधान गर्न भारत सहमत

राजनीति

नेपाल-भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको हो ।

भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ । सचिव श्रृंगलाले भनेका छन्, दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भयो, यस विवादलाई छलफल र संवादको माध्यमबाट समाधान गर्ने समझादारी भएको छ ।’

सीमा विवादलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको र त्यसलाई दुवै देशले बेवास्ता गर्न आवश्यक रहेको विषयमा समेत दुई देशका प्रधानमन्त्री बीच सहमति भएको उनले बताए । भारतीय विदेश मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव श्रृङ्गालले सीमा समस्यालगायत सुरक्षा समस्याका विषयमा पनि दुई देशबीच छलफल गरेर समाधान गरिने उनले बताए ।

उनले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशका जनतालाई निकै फाइदा हुने समेत बताए । नेपाल भारतबीच भएको सहमतिले दुई देशलाई फाइदा हुने बताउँदै यसले दुवै देशको जनतामा सकारात्मक सन्देश जाने विश्वास लिएको समेत बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *