सगरमाथा आरोहण मार्ग बनाउनेहरू क्याम्प एकमा 

काठमाडौं । यस वर्षको सगरमाथा आरोहणको मार्ग पहिलो क्याम्पसम्म निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरहरुको टोलीले आरोहणको अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलमा भर्‍याङ र डोरी टाँगेर बिहीबार पहिलो क्याम्पसम्म पुर्‍याएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख प्रशासकीय अधिकृत छिरिङ शेर्पाले जानकारी दिए । आधार शिविरदेखि छ हजार दुई सय मिटरको दोस्रो क्याम्पसम्म बाटो बनाउन निजी […]

पुरै पढनुहोस

मुस्ताङमा पर्यटकको चाप बढ्यो

गलेश्वर। हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ […]

पुरै पढनुहोस

स्थानीय  तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने

काठमाडौं। आगामी स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय गरेको छ । सो कुराको जानकारी बैठक पछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले […]

पुरै पढनुहोस

तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं। सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो । उहाँहरुलाई यस अघि गृह मन्त्रालयको बढुवा सिफारिस समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको […]

पुरै पढनुहोस

तेजाव र यौन हिंसाविरूद्ध अध्यादेश ल्याउदै सरकार

काठमाडौं । सरकारले यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका यी दुई अध्यादेश केही समयअघि निष्कृय भएका थिए […]

पुरै पढनुहोस

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा रुसी आक्रमण, १२ जनाको मृत्यु

काठमाडौं । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । एक महिनाभन्दा लामो समयदेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको दक्षिणपूर्वमा अवस्थित माइकोलाइभ शहरमा रहेको प्रशासनिक भवनमा हवाई आक्रमण भएको हो । आक्रमणबाट क्षेत्रीय गभर्नरको कार्यालय रहेको नौ तले भवन ध्वस्त भएको जनाइएको छ । यद्यपि आक्रमणका बेला सो क्षेत्रका गभर्नर […]

पुरै पढनुहोस