स्थानीय  तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने

खबर

काठमाडौं। आगामी स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय गरेको छ । सो कुराको जानकारी बैठक पछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निकायको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले बताए । ‘निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरु दलसँग नगर्ने निर्णय भएको छ ।,’ उनले भने ।

त्यस्तै, निर्वाचन तालमेल गर्दा महानगर र उपमहानगरको उम्मेदवारबारे केन्द्रबाटै गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘महानगर र उपमहानगरको उम्मेदवार केन्द्रबाट गर्ने, तर तल्ला निकायहरुको सन्दर्भमा तलकै निकायबाट तालमेल गर्ने निर्णय भएको छ ।,’ उनले भने, ‘त्यसको लागि पाँचै दलले एउटा परिपत्र जारी गर्ने भएको छ ।’ पाँचै दललाई एकताबद्ध बनाएर अगाडि बढाउनका लागि परिपत्र जारी गर्ने सहमति भएको उनले बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *