दबाव बढाउँदै प्रचण्ड, ढुक्क देखिन्छन् देउवा

काठमाडौं । अबको केही बेरमा हुने भेटमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा सत्ताको पालो दिने नदिने प्रष्ट जवाफ दिनुपर्ने छ । भेटका लागि प्रचण्ड बालुवाटार पुगिसके । अरु नेताहरु पनि आएपछि बैठक हुनेछ । प्रचण्ड बालुवाटार पुग्ने अघि प्रधानमन्त्रीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुलाई भेटेका थिए […]

पुरै पढनुहोस

चार्ल्स शोभराज नेपालबाट ‘डिपोर्ट’

फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो । ‘उहाँलाई डिपोर्ट निर्णय गरेका छौं’ अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीले रातोपाटीसँग भनिन्– ‘१० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।’ उनी १९ वर्षदेखि नेपालको कारागारमा थिए । शोभराजलाई पुस […]

पुरै पढनुहोस

पुस्तान्तरणको लागि गगनलाई प्रस्ताव गरें : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् । होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई संसदीय दलको […]

पुरै पढनुहोस

सरकार गठनका लागि दलहरुलाई ७ दिनको समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । संविधानको उक्त व्यवस्था अनुसार प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने छ ।

पुरै पढनुहोस

ट्विटरले पत्रकारको खाता निलम्बन गरेपछि ईयूपछि संयुक्त राष्ट्र संघको चेतावनी

काठमाडौं । पत्रकारको एकाउन्ट बन्द गर्ने ट्वीटरको निर्णयको संयुक्त राष्ट्र संघले विरोध गरेको छ । ट्विटरले न्युयोर्क टाइम्स, सीएनएन र वासिङ्टन पोस्टका केही पत्रकारको एकाउन्ट बन्द गरेपछि यसअघि युरोपियन युनियनले विरोध गरेको थियो । संयुक्त राष्ट्र संघले मिडिया स्वतन्त्रता ‘कुनै खेलौना’ नभएको प्रतिक्रिया दिएको छ । युरोपेली संघले ट्विटरलाई नै प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो। […]

पुरै पढनुहोस

कतारले फुटबल मैदान भिजाउन दैनिक हजारौं लिटर पानी कसरी जोहो गर्छ?

आइतबार नेपाली समय अनुसार राति पौने ९ बजेबाट सुरू हुने २२ औं संस्करणको फिफा विश्वकप फाइनलमा अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दैछन्। खेल सुरू हुँदासम्मको हिसाब निकाल्ने हो भने लुसैल रंगशालाको मैदानमा मात्रै प्रतियोगिता सुरु भएयता आयोजक कतारले करिब ३०० टन पानी हालिसकेको हुनेछ। प्रचण्ड गर्मी हुने कतारमा फुटबल खेलिने मैदानको घाँस नबिग्रियोस् भनेर दैनिक […]

पुरै पढनुहोस

मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको उत्पादन घट्दै

जिल्लामा रहेको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युत उत्पादन घट्न थालेको छ । आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत उत्पादन घट्न थालेको हो । बेँसीशहर नगरपालिका–१ दलाल स्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रमा कूल क्षमताभन्दा करिब २१-२२ मेगावाट नै विद्युत उत्पादन घटेको छ ।  मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत घट्दा यतिबेल दैनिक […]

पुरै पढनुहोस

तौल घटाउन मद्दत गर्ने यी फलफूल

आजको समयमा मोटोपना तीव्र गतिमा बढिरहेको छ । अधिकांश मानिस मोटो बन्दै गएका छन् । मानिसहरू तौल घटाउन धेरै उपाय अपनाउने गर्दछन् । तर तौल घटाउनु निकै गाह्रो काम हो, जसका कारण धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ ।  तौल बढ्ने कारणले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ। […]

पुरै पढनुहोस

गठबन्धनले गाँसेको जोडी: स्थानीय चुनावमा प्रतिस्पर्धी, संसदीय चुनावमा दम्पती

काठमाडौं । गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेका गणेशकुमार शाही र मनिषा कार्की विवाह बन्धनमा बाँधिएका छन् । एकअर्काविरुद्ध चुनावी मैदानमा उत्रिएका शाही र कार्की जीवनको मैदानमा भने एक ठाउँमा उभिएका छन् । स्थानीय चुनावमा कार्की नेकपा एकीकृत समाजवादीबाट मेयरकी प्रत्याशी बनेकी थिइन् । शाही भने नेपाली कांग्रेसबाट […]

पुरै पढनुहोस

पुरुषले किन नियालेर हेर्छन् महिलालाई ?

पुरुषले किन महिलालाई नियालेर वा एकोहोरिएर हेर्छन् ? यसमा एउटा मात्र कारण छैन । विपरीत लिंगप्रतिको स्वभाविक आकर्षणले पनि पुरुषले महिलामाथि नजर लगाउने गर्छन् । महिला कस्ती छिन्, उनको रुपरंग कस्तो छ, पहिरन शैली कति सुहाएको छ भनेर महिलालाई नियाल्छन् । यसैगरी महिलाको सुन्दरताबाट मोहित भएर पुरुषहरुले महिलामाथि दृष्टि लगाउँछन् । ‘कुनै सुन्दर कुरामाथि दृष्टि […]

पुरै पढनुहोस