धादिङ समाज जापानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

विश्व

जापान । धादिङ समाज जापानको आयोजनामा आज जापानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।
रगतको अभाव हुन नदिन र मानिसको जीवन बचाउने सहयोग पुर्‍याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको धादिङ समाज जापानका अध्यक्ष दिनेश लोहोनीले जानकारी दिए । विदेशी भुमीमा रहेर पनि जीवनदानको रुपमा रगतदान गर्न पाउँदा आफुहरुलाई निकै खुसी लागेको उनको भनाई छ ।

लामो समयदेखि सामाजिक सेवामा निकै सकृय रहदै आएको सो समाजले विभिन्न समयमा देश तथा जापानमै रहेका नेपालीहरुलाई पनि सहयोग गर्दै आईराखेको छ । जापानमा क्रियाशील संस्थाहरू माझ छुट्टै पहिचान बनाएको समाजले जापान सरकारको रक्तदान सम्बन्धी नीति नियमको पालना गर्दै सो कार्यक्रम सम्पन्न गरेको हो । ५३ जना मानिस रगत दिनको लागि जापान सरकारको नियम अनुसार ४० जनाले मात्रै रगत दिन पाएका थिए । क्तदान गर्नेहरुलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *