ऋणको भारले स्वाधीनताको जोखिम

विश्व

२ डिसेम्बर २०२१ मा पहिलो रेल राजधानी भियन्टाइनमा पुग्ने गरी लाओसले चीनसँग ६ अर्ब अमेरिकी डलर बराबरको ऋण लिएको थियो। चीनको ऋणबाट यसअघि नै श्रीलङ्का लगायत संसारका धेरै देशको अवस्था खराब भएका कारण विश्वमा नै अब यो सानो देशको पनि हालत हुने होइन भन्ने आशङ्का सुरु भइसकेको थियो।

सन् १९७५ मा लाओस् पिपुल्स रेभुलेसनरी पार्टीले सत्ता लिएपछि त्यहाँ केही आर्थिक र सामाजिक सुधारका कार्यक्रम घोषणा भएका थिए। त्यसै कारण २ डिसेम्बरलाई अहिले अहिले पनि सम्झने गरिन्छ। आर्थिक सुधारका घोषणा भए पनि त्यसको एक वर्षपछि नै सम्प्रभुतामा उत्तरको छिमेकीले केही हदसम्म धावा बोलेको थियो।

बेइजिङको इच्छा अनुसार भौतिक संरचना निर्माण गरेर उनीहरूको ऋणको भारमा फस्ने देशको सूचीमा लाओस् पछिल्लो समय थपिएको हो।

चिनियाँ ऋणबाट सुरु भएको लाओस् सन् २०२१ को सुरुवातमै आफ्नो देशको नीति निर्णयको साँचो नै केही हदसम्म चीनलाई सुम्पन तयार भइसकेको थियो।

बेल्ट एन्ड रोड इनिसेटिभ (बीआरआई)को रूपमा रहेको महत्त्वाकाङ्क्षी चिनियाँ परियोजना भित्रिएपछि लाओस् विदेशी मुद्रा सञ्चयमा पछाडि परेको छ। ऋणका कारण लाओसको आर्थिक अवस्था बिग्रिएसँगै यसलाई सपार्ने प्रयासमा सम्प्रभुतामाथि नै आँच आउने जोखिम पनि बढेको हो।

चिनियाँ ऋणबाट सुरु भएको लाओस् सन् २०२१ को सुरुवातमै आफ्नो देशको नीति निर्णयको साँचो नै केही हदसम्म चीनलाई सुम्पन तयार भइसकेको थियो।

प्रधानमन्त्री थंग सोलुन सिसोलीथले चीन आश्रित नीति नै त्यही समयमा लिइसकेको थिए। राज्य अधीनस्थ चाइना साउथर्न पावर ग्रिडको नेसनल पावर ग्रिडमा प्रभाव भएपछि लाओस् राज्यको निकायमा उसको प्रभाव सुरु भएको हो।

कम्बोडीया पनि चीनको ऋणको भारमा परेर यसको परिणाम भोगे पनि सँगैको छिमेकी देश लाओसले पनि किन नचेतेको अथवा किन त्यो कदम चालेको भन्ने बारेमा भू-राजनीतिका समीक्षकका लागि बहसको विषय बनेको छ।

लाओस् सरकारले राष्ट्रिय ढुकुटीबाट दुई सय ५० मिलियन अमेरिकी डलर विनियोजन गरेको थियो भने यसैका लागि ४ सय ८० मिलियन ऋण एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनासँग लिएको थियो।

लाओसले चीनसँग धेरै कुराको माग गरेको थियो। यसमध्य मेकंग रिभर हाइड्रो पावर परियोजना तथा ६ अर्ब अमेरिकी डलर बराबरको हाइ स्पिड रेल परियोजना लागु भए। यो रेल परियोजना बीआरआई परियोजना अन्तरगत नै छ। यसै रेलवे परियोजनाले युनानको दक्षिणी प्रान्त तथा मेन ल्यान्ड दक्षिण एसियालाई जोड्ने काम गर्छ।

यो रेल परियोजनाका ६० प्रतिशत चीनकै एक्सपोर्ट इम्पोर्ट बैङ्क अफ चाइनाको ऋणबाट निर्माण भएका हुन्। अन्य ४० प्रतिशत रकम ज्वाइन भेन्चर्स कम्पनीबाट लाओसले पाएको हो।

लाओस् सरकारले राष्ट्रिय ढुकुटीबाट दुई सय ५० मिलियन अमेरिकी डलर विनियोजन गरेको थियो भने यसैका लागि ४ सय ८० मिलियन ऋण एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइनासँग लिएको थियो।

सन् २०२० को ४ सेप्टेम्बरका दिन ग्वान्जाउ हेडक्वार्टर रहेको चाइना साउथर्न पावर ग्रिड कम्पनीबाट त्यहाँको ऊर्जा क्षेत्र सञ्चालन हुने सम्झौता भएको थियो।

चिनियाँ सञ्चार माध्यम सिह्वाले नै ऊर्जा तथा खानी मन्त्री खामानी इन्थीराथलाई उद्धृत गर्दै चाइनिज पावर ग्रिड कम्पनीको अनुभवलाई र प्रविधिलाई प्रयोग गर्न तयार भएको कुरा उल्लेख गरेको थियो।

यो सडकको लक्ष्य नै त्यस क्षेत्रमा चिनियाँ प्रभाव बढाउन उद्यत भएको प्रस्ट देखिन्छ। खासमा एसियाको पूर्वी क्षेत्रमा चिनियाँ बजार र उसको उत्पादनको वितरणमा कोरोना महामारीले असर गरेको थियो।

चिनियाँ सञ्चार माध्यम सिह्वाले नै ऊर्जा तथा खानी मन्त्री खामानी इन्थीराथलाई उद्धृत गर्दै चाइनिज पावर ग्रिड कम्पनीको अनुभवलाई र प्रविधिलाई प्रयोग गर्न तयार भएको कुरा उल्लेख गरेको थियो।

लाओसमा उत्पादन भएका बिजुली भियतनाम र थाइल्यान्डमा बेन्च तथा यसबाट लाभ लिने चिनियाँ नीति भएको धरै सञ्चार माध्यमले उल्लेख गरेका छन्। यसबाट चीनले आर्थिक मात्र होइन रणनीतिक लाभ पनि ती दुई देश बाट उठाउने छ।

मेकंग नामको खोलाको किनारबाट लाओसको सीमा हुँदै थाइल्यान्डसम्म पुग्ने तथा दक्षिण एसिया हुँदै सिंगापुर पुग्ने लक्ष्य चीनको छ। सिंगापुर र थाइल्यान्ड पछिल्लो समय आर्थिक रूपले परिष्कृत देश हुन्।

रेल्वे निर्माणसँगै लाओस् र चीनको युनान प्रान्तको यात्रा समय १० घण्टामा छोटिएको छ। यसको दुरी एक हजार २२ किलो मिटर छ। लाओसको पहाडी भाग ४ सय २२ किलोमिटर ओगटेको छ भने यसमा १९० किलोमिटर टनेल तथा ६२ किलो मिटर पुल छ।

२०२० को सेप्टेम्बरको आँकडा अनुसार लाओसको जनसङ्ख्या ७३ लाख थियो। यसमा अहिले पनि धेरै वृद्धि भइसकेको छैन। प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन २ हजार ६ सय ७० अमेरिकी डलर भएको लाओस् पनि गरिब देश नै मानिन्छ।

चीनको थाइल्यान्ड र भियतनाम हुँदै पूर्व एसियामा प्रभाव जमाउने नीति तथा योजनमा सामान्य धक्का भने थाइल्यान्डले नै दिएको थियो।

लाओसमा धेरै जनाले रेलको यात्रामा रुची राख्दैनन्। यस रेलको कारण थाइल्यान्डमा भने केही उत्साह थपिएको पनि हुनसक्छ।

चीनको थाइल्यान्ड र भियतनाम हुँदै पूर्व एसियामा प्रभाव जमाउने नीति तथा योजनमा सामान्य धक्का भने थाइल्यान्डले नै दिएको थियो। मलाय प्राय द्विपको सबै भन्दा साँघुरो स्थान इमसमा क्यानल बनाउने कुरामा थाइ सरकारको रुचि नभएपछि चीनलाई धक्का लागेको हो।

यदि त्यो क्यानल निर्माण भएको भए चिनियाँ सवारी सहजै वाई पास हुँदै थाइल्यान्डको मलाकामा प्रवेश गर्ने सम्भावना प्रबल हुन्थ्यो। यसले थाइल्यान्डलाई ठूलो समस्या पैदा गराउन सक्थ्यो। इस्लाम बाहुल्यताको दक्षिणी भू-भागलाई देशका अन्य स्थानबाट टाढा गराउने जोखिम पनि बढेको थियो।

चीनले राजधानी भियन्टाइनमा कन्फुसियस प्रतिष्ठानको रूपमा लाओसका नागरिकलाई चिनियाँ भाषा सिकाइ रहेको छ। उनीहरूले विभिन्न सीप पनि सिकी रहेका छन्। योसँगै लाओसलाई पूर्ण अधिनमा राख्ने चीनको रणनीतिलाई बल भने पुगेको छ।

सन् २०१६ को डिसेम्बरमा लाओस चीन रेलवे कम्पनीको रूपमा यो परियोजना सुरु भएको थियो। लाओस सरकारले चाइना एक्जिम बैङ्कसँग यसै परियोजनाका लागि सन् २०१६ को सेप्टेम्बर ८ मा सम्झौता गरेको थियो।

एकातिर चीनको कुन्मीङबाट सिंगापुर तथा कुन्मीङबाट नै लाओस् जाने रेल तयार भएपछि सिंगापुरसंगको व्यापार पनि विस्तार हुने आसमा लाओस् पुगेको थियो। यसैले यी दुई देश बीचको व्यापारलाई अझ सुमधुर बनाएको थियो।

भियतनाम, लाओस्, थाइल्यान्ड र कम्बोडीयामा आफ्नो सामान लैजानका लागि यो रेल मार्ग प्रशस्त सहयोगी हुनेछ। साथमा चीनले जापानलगायत पूर्वी एसियाली देशलाई निगरानी राख्न पनि ती देशको जमिनलाई कुनै न कुनै रूपमा उपयोग गर्ने सम्भावना समेत प्रबल बनेको छ।

सो ऋणको ब्याजदर तुलनात्मक रूपमा अन्य देशको भन्दा कम राखिएको छ। २.३ प्रतिशत ब्याजदरमा पाँच वर्षको ग्रेस पिरियडसहित २५ वर्षको समय सीमा राखिएको हो। २५ वर्षको म्युटेरिटी समय त्यस ऋणको छ।

ऋणको मारमा परेकै समयमा कोभिड–१९ महामारीले लाओस थला परेको थियो। सन् २०१९ मा लाओसको आर्थिक वृद्धि दर ५.५ प्रतिशत थियो भने सन् २०२० मा यो घटेर ०.५ प्रतिशत भएको थियो।

अहिलेसम्म लाओसमा निर्मित भएको मध्य यो सबैभन्दा महंगो मानिन्छ। महंगो भएका कारण यसको मूल्य पनि महंगो राखिएको छ। यो महंगो मूल्यका कारण आम लाओसबासी रेल चढ्न रुचाउँदैनन्। यसै कारण लगानीको तुलनाको लाओसलाई नै भने यसले घाटा गरेको छ।

यत्ति मात्र होइन, यो ऋणको मारमा परेकै समयमा कोभिड–१९ महामारीले लाओस थला परेको थियो। सन् २०१९ मा लाओसको आर्थिक वृद्धि दर ५.५ प्रतिशत थियो भने सन् २०२० मा यो घटेर ०.५ प्रतिशत भएको थियो।

लाओस् सानो देश भए पनि चीनका लागि दक्षिण पूर्वी एसियाका लागि राम्रो प्रवेशद्वार बन्न सक्ने छ। त्यत्ति मात्र होइन, लाओसका प्राकृतिक सम्पत्तिमा पनि चीनको आँखा गडेको छ। लाओसको चीनसँगको सम्झौतालाई धेरैले फरक ढङ्गले व्याख्या गरेका छन्। कतिपयले गरिब देश धनीको लोभमा फस्ने गरेको प्रतिक्रिया दिएका छन्। कतिपयको हकमा लाओसको कमजोर वैदेशिक नीतिको रूपमा व्याख्या गरेका छन्।

लाओसको यो कमजोर वैदेशिक नीतिका कारण अहिले ऋणको भारमा मात्र परेको छैन। स्वाधीनतामा माथि आघात पुग्ने तथा अन्य देशको रणनैतीक योजनाको सिकार मात्र हुने भएको छ। एजेन्सीको सहयोगमा

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *