धार्मिक मान्यता अनुसार विवाहपछि एकअर्कामा पतिपत्नीबीच निष्ठा भाव हुनुपर्छ । धर्मशास्त्रले परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्ने विषयमा पनि उल्लेख त गरेको छ । तर यदि पुरुष या महिला सन्तानोत्पादनको लागि असक्षम भएको खण्डमा सन्तानोत्पादनको लागि पति वा पत्नीको सल्लाहमा सम्बन्ध राखेको विभिन्न धार्मिक कथाहरुमा पढ्न पाइन्छ । अहिले पनि कतिपय कानुनले यदि महिला वा पुरुषले विना अनुमति परपुरुष वा परस्त्रीसँग सम्बन्ध राखेको थाहा भयो भने एकअर्कामा सम्बन्ध तोड्ने अधिकार दुवैलाई दिएको छ ।
विवाहबाट पति र पत्नी एकअर्कामा धेरै अधिकार प्राप्त हुन्छ । यो अधिकार आपसी सम्झौता र समझदारीमा भर पर्छ । समाजको काम यिनीहरुमाथि पहरेदारी गर्नु होइन । समाजले सधैंभरि यसबारेमा एकतर्फी व्यवहार गरेको छ । शताब्दीयौंदेखि महिलाहरुलाई व्यावहारिक रुपमा कम अधिकार दिइएको छ । उनीहरुलाई पतिको सम्पत्तिमा हिस्सेदारी दिएर पतिमा निर्भर गराइएको छ ।
धेरैलाई यो अनैतिकता फैलाउने कुरा जस्तो लाग्न सक्छ । तर यही नैतिकताको कुरामा ध्यान दिँदा पौराणिक कथामा सीता र अहेल्याले पीडा भोगे र द्रौपदीले बारम्बार अपमान भोग्नु प¥यो ।
कुनै पनि विवाहित महिलाले आफ्नो शरीर र मुटुको सबै अधिकार पुरुषलाई हस्तान्तरण गर्ने र त्यसको बदलामा घर, नियमित भोजन जस्ता अत्यावश्यक सामग्री पाउने हाम्रो सामाजिक व्यवस्था छ । यदि पतिको उदासीनताको कारण अरु कसैकी श्रीमतीप्रति आकर्षित बन्छ भने उनीहरु विरुद्ध समाज र कानुनले नैतिकताको भरमा उसको कामलाई नजरअन्दाज गर्न सक्दैन ।
पति र पत्नीको माया आपसी लेनदेनमा निर्भर हुन्छ । जसरी एक युवक प्रेममा हुँदा एउटी केटीबाहेक अरु कसैलाई देख्दैन, त्यस्तै गरी केटीले प्रेमीबाहेक सबैलाई तुच्छ ठान्छिन् । यस्तो व्यवहार पति र पत्नीमा स्वचालित रूपमा हुनुपर्छ । अन्यथा यसमा जबरजस्ती हुँदैन ।
केवल श्रीमतीहरु आफ्नो मन मार्छन्, कसैलाई चाहनुलाई अपराधको रुपमा मान्छन्, यदि कसैसँग बोल्यो भने परिवार र समाजबाट अर्कै व्यवहार भोग्नुपर्छ । जबकि पुरुषले त्यही काम गर्दा उनीहरुमा पुरुषार्थको कुरा जोडिन्छ ।
गल्ती वास्तवमा हाम्रो सोचाइमा हो । त्यसैले यस्तो सवालमा धर्मलाई र हाम्रो पद्धतिलाई आरोप लगाउने भन्दा पनि हाम्रो सोच बदल्नुपर्छ । यसले समाजमा महिला र पुरुषको बीचमा समानता पैदा हुन्छ ।
व्यक्तिगत स्वतन्त्रतामा पत्नीहरुलाई कसैसँग प्रेम गर्ने र यौन सम्बन्ध राख्ने स्वतन्त्रता हुन्छ कि हुँदैन ? यो एउटा रोचक वहसको विषय हो । पूर्वीय दण्ड विधानमा अर्काकी पत्नीसँग शारीरिक सम्पर्क राख्ने पुरुषलाई विभिन्न कारबाहीको व्यवस्था गरिएको छ तर उस्तै अवस्थामा महिलालाई तुलनात्मक रुपमा कम दण्डको व्यवस्था छ । यद्यपि यस्तो अवस्थामा पतिले पत्नीसँग सम्बन्ध विच्छेद भने गर्न सक्छन् ।