पर्यटन क्षेत्रको प्रवर्द्धनमा सक्रीय नेकपा एसको पर्यटन बिभाग

पर्यटन

चैत २,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) को केन्द्रीय पर्यटन बिभाग नेपालको पर्यटन बिकासका लागि सक्रिय बनेर अघि बढेको छ । बिभागले हालै मात्र आसन्न निर्वाचनका लागि
घोषणा-पत्रमा पर्यटन क्षेत्रको तर्फबाट समेटिनु पर्ने महत्वपूर्ण बुँदाहरु समेत छलफल गरेर सुझाब पठाइसकेको छ।

पर्यटन ब्यवसायिको सक्रिय सहभागिता रहेको यस बिभागले नेपालमा पर्यटकिय बिकास गरि गुणस्तरिय पर्यटक भित्र्याउन नयाँ नयाँ रणनीति बनाउदै गइरहेको छ।

“पर्यटनको विकास नै नेपाली समाजवादको आधार” भन्ने मुल मन्त्र लिएर अघि बढेको यस संस्थाले छोटो समयमा पर्यटन पेशागत संघ संगठनहरुलाई वडा तह सम्म विस्तार गर्ने योजना बनाएको छ। साथै सबै मन्त्रालय तथा विभागका सबै योजनाहरु पर्यटन मैत्री हुनु पर्ने ,होम स्टे र होटेल बीच सामन्जस्यता कायम गर्नु पर्ने जस्ता मागलाइ अघि सार्दै आएको छ।

गरिबी निवारणमा पर्यटनको भुमिका ठुलो रहने मान्यताका साथ यस संगठनले रोजगारिको सिर्जना गर्नुपर्ने कुरामा आफ्नो आवाज बुलन्द पारेको छ।
त्यसैगरी नेपाल सरकारका सबै कर्मचारीलाई सात या दस दिनको अनिवार्य बार्षिक भ्रमण बिदा उपलब्ध गराएर आन्तरिक पर्यटनको विकास गर्दै कोभिड प्रभावित व्यवसायीलाई राहत उपलब्ध गराउन पनि पर्यटन बिभागले कुरा उठाउदै आएको छ |

त्यस्तै पर्यटन बिभागले आगामी निर्वाचनमा पर्यटन क्षेत्रमा भएका सम्भावना र नितिनियममाथी पनि सुझाब पेश गरिसकेको छ । देशको आर्थिक, सामाजिक, सांस्कृतिक, एतिहासिक, पुरातात्विक, तथा वातावरणीय सम्पदाको पहिचान, संरक्षण, र प्रवर्दन नै पर्यटनको विकास रहेको समेत बिभागले जनाएको छ ।

बिभागले स्थानीय युवाहरुलाई “पर्यटन उद्यमशीलता”को तालिम उपलब्ध गराई पर्यटन व्यवसाय संचालन गर्न सहुलियत ऋणको व्यवस्थापन गर्ने जस्ता काममा सरकारको र आगामी नेतृत्वको ध्यानाकर्षण गराएको छ |

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *