बजेट ३ जिल्लामा केन्द्रित भयो : नेपाल

खबर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी आर्थिक वर्षको बजेट सरकारले डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित गरेको आरोप लगाएका छन् ।

बुधवार अस्ट्रेलियाबाट स्वदेश फर्किएका नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजेट तीन जिल्लामा मात्रै मुख्य केन्द्रित गरेर ल्याएको आरोप लगाएका हुन् ।

आधार बिना बजेट तीन जिल्लामा मात्रै केन्द्रित गर्न नमिल्ने उनको भनाइ छ । ‘बजेटजति सबै डडेलधुरा, गोरखा र नुवाकोटमा केन्द्रित गरियो भन्ने सुनेँ,’ उनले भने, ‘त्यसको कुनै आधार छ भने बेग्लै कुरा भयो, नत्र यसो गर्न नमिल्ने थियो । बुझ्नुपर्नेछ ।’

उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर मिश्रित प्रतिक्रिया पाएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *