कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून

देश मुख्य समाचार

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिना यताकै न्यून बिन्दुमा आइपुगेको छ । बिहीबार ९९ सेप्टेम्बर० नेपालले भारतसँग खरिद गर्ने तेल ब्रेन्ट कच्चा तेलको मूल्य ८८ डलर प्रतिब्यारलमा झरेको छ । जुन गत १२ माघ महिना ९२१ जनावरी० पछिकै कम हो ।

तीब्र उतार चढावका बीच केही समय एक सय डलर माथि नै रहेको कच्चा तेलको मूल्य २९ अगष्टदेखि भने निरन्तर ओरालो लागेको थियो । यस बीचको १० दिनमा १०२ डलर प्रतिब्यारलबाट १४ डलर प्रतिब्यारलले घटेर ८८ डलरमा झरेको छ ।

कच्चा तेलको मूल्य आरोलो लाग्नुले नेपाल जस्तो मुलुकका लागि हित गर्छ । भारतले अन्तर्राष्ट्रिय बजारबाट किन्ने ब्रेन्टको मूल्य घट्दा नेपालले भारतबाट किन्ने प्रशोधित तेलको मूल्य घट्ने छ । पछिल्लो एक वर्षको बीचमा बढेको पेट्रोलियमको मूल्यका कारण नेपाल आयल निगमको घाटा चुलिएको छ ।

अघिल्लो महिना प्रमुख तेल उत्पादक मुलुकहरुको संस्था ओपेक प्लसले तेलको मूल्य प्रतिब्यारल दैनिक एक लाख ब्यारलले बढाउने निर्णय गरेको थियो । जसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरोलो लागेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *