कांग्रेसका युवानेता मगर अर्घाखाँचीबाट समानुपातिकमा सिफारिस

देश

अर्घाखाँची । नेपाली कांग्रेसका युवा नेता चन्द्र सारु मगर अर्घाखाँचीबाट संघ तर्फ समानुपातिक सांसदको लागि सिफारिस भएका छन् । आगामी मङ्सिरमा हुने आमनिर्वाचनको लागि पार्टीको क्षेत्रिय समितीले उनलाई जनजाति तर्फ समानुपातिकमा सिफारिस गरेकको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका मगरले नेविसंघबाट राजनैतिक यात्रा सुरु गरेका हुन् । नेपाल तरुणदल हुँदै नेपाली जनसम्पर्क समिति युएईमा लामो समय काम गरिसकेका मगर कांग्रेसको १३औं महाधिवेशन प्रतिनिधि पनि हुन् । पार्टीमा निकै कृयाशिल रहेर काम गरिरहेका मगर कार्यकर्ता माझ पनि निकै लोकप्रिय छन् । निडर स्वभावका मगरमा अव्बल व्यवस्थापकिय क्षमता रहेका उनलाई नजिकबाट चिन्नेहरु बताउछन् । मगरले स्नातकसम्मको अध्ययन पुरा गरेका छन् । पार्टीले न्याय गरेर उनलाई यस पटक संसद बनाउनु पर्ने शितगगा अर्घाखाँची अन्तर्राष्ट्र सन्जाल युएईका निवर्तमान महासचिव गणेश प्रसाद पौडेल बताउछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *