आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

खेलकुद

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ ।

दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ । दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको चार खेलमा ६ अङ्क छ। 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *