विनोद कुँवर बने एनआरएनए अध्यक्ष

प्रवास पाना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ ।

संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ निर्वाचन समिति बनाएका थिए ।

एनआरएनएका अध्यक्ष कुमार पन्तको कार्यसमितिले गत अक्टोवरमै गराउनु पर्ने निर्वाचन गराउन सकेको थिएन । लामो समय निर्वाचन हुन नसकेपछि घलेले कार्यसमिति विघटन भएको घोषणा गर्दै उपाध्यक्ष लामाको संयोजकत्मा महाधिवेशन आयोजक समिति बनाएका थिए ।

मंगलबारदेखि सुरु भएको महाधिवेशनमा बुधबार मनोनयनको समय तोकिएको थियो । निर्धारित समयमा कोरियावासी कुँवरले मात्रै अध्यक्षमा उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेशकुमार पुडासैनी, बाबुराम लामा र महिला उपाध्यक्षमा भूमादेवी लिम्बू चयन भएका छन् भने महासचिवमा जानकारी गुरुङ चयन भएका छन् । यसैगरी सचिवमा जुनु गूरुङ र कोषाध्यक्षमा डिलामा खरेल चयन भएका छन् ।

यद्यपि, यो महाधिवेशनलाई पन्त समूहले भने मान्यता नदिने बताएको छ । पन्त समूहले छुट्टै महाधिवेशन गरी तीन जनालाई अध्यक्ष बनाउन विधान संशोधनको तयारी गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *