दुवई । युएई मै पहिलो पटक लाईभ दोहारी कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा नेपालका चर्चित लोक दोहोरी गायक कुशल बेलवासे, श्याम राना, गायिका टिका सानुको साथै डान्सर सोनु आले मगर र युएईमा रहेका कलाकारहरुको विशेष प्रस्तुती रहने छ ।
अल रिआदी इभेन्टसको आयोजना र सपना ज्वलरीको मुख्य प्रायोजनमा सो कार्यक्रम सम्पन्न हुन लागेको हो । यही जनावरी ७ तारिक शनिवारका दिन रसअल खेमामा स्थित सुडानी हलमा दिउँसो ३ बजेदेखि राती १० बजेसम्म र ८ तारिक आईतबारका दिन वरदुवई स्थित याक एण्ड यती क्लवमा दिउँसो ३ बजेदेखि मध्यरातीसम्म सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
नेपाली मौलिकतालाई विदेशमा समेत प्रवर्धन गर्नको लागि सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments Box