वैवाहिक संस्कारमा परिवर्तन नल्याई छोराछोरीमा समानता आउदैन !

विचार

छोरी भ्रूणको हत्या हाल विवादको विषय बनेको छ । लिंग पहिचान गराएर गर्भपतन गर्न नहुने आवाज महिलाबाटै बढी आइरहेको छ । तर ‘मेरो पहिलो सन्तान छोरी छे, अब गर्भ पहिचान गरी छोरी भए गर्भपतन गराइदिनुहोस्’ भन्दै अस्पताल धाइरहेका छन् ।

छोरीको मात्र गर्भपतन महिलासँग मात्र नभई समाजसँग गाँसिएको विषय हो । छोरा र छोरी दुबै सन्तान बराबर हुन् । तर वृद्धावस्थामा आफूलाई सन्तानले हेर्नुपर्ने वा स्याहार्नुपर्ने बेला छोरी विवाह भएर अर्काको घर गइसक्ने हुनाले छोरा चाहिने सोच समाजमा छ । त्यसैले समाजमा छोराले बढी महत्त्व पाएको देखिन्छ । धेरै महिलाका लागि छोराको चाहना सामाजिक बाध्यता बनेको छ । आमाबाबुको माया छोरामा जत्तिकै छोरीमा पनि नहुने होइन । तर हाम्रो सामाजिक व्यवहार र सांस्कृतिक प्रचलनले सन्तानका रूपमा छोरा नै चाहिने मान्यतालाई पक्षपोषण गरिरहेको छ ।

वैवाहिक संस्कार र सामाजिक परम्परामै परिवर्तन नल्याई छोराछोरी समान हुन् भनेर जति नै भट्याए पनि व्यवहारमा समानता आउन सक्दैन । छोराछोरी जो भए पनि बाबुआमामाथि गर्ने व्यवहार र दायित्व समान हुने हो भने छोरा–छोरीबीच सोचाइको विभेद अन्त्य हुनसक्छ र छोरीको भ्रूणहत्यामा कमी आउन सक्छ । हाम्रो समाजमा रहेका सामाजिक, सांस्कृतिक, मूल्य–मान्यता, रीतिरिवाज, प्रथा र परम्परा नै महिला विकासका बाधक बनेका छन् ।

छोरा हुँदा स्वर्गको ढोका खुल्छ भन्ने अन्धविश्वासका कारण छोरा जन्मिँदा हर्षोल्लास मनाउने, तर छोरीले जन्म लिँदा दुःख मनाउ गर्ने चलन समाजमा कायमै छ । यसो गर्नु ती बा–आमाको दोष होइन, महिला र पुरुषलाइ हेर्ने हाम्रो पुरुषवादी सामाजिक संरचना र संस्कृतिको हो । कुनै आमाले गर्भमा रहेकी छोरीलाई जन्म दिन नचाहनुको कारण उनलाई आफ्नो सन्तान(छोरी)प्रति माया नलागेर हो कि बाध्यता ? छोरी गर्वबाट नै असुरक्षित गर्वमा हुँदा पनि त उसले बुझ्न सक्छिन् बोल्न पो सक्दिनन् मलाई मार्दै छन् भनेर थाह पाउँदा कस्तो होला?? उसले दिएको सराप ले जिन्दगीमा कस्तो प्रगाति हाेला ? छोरी मार्ने बाबुआमा लाई पाप लाग्ला कि नलाग्ला ? यिनीहरू लाई अपराधी मान्ने कि नमान्ने ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *