पाकिस्तानी सर्वोच्च अदालतद्वारा संसद विघटन गर्ने इमरान खानको निर्णय बदर

विश्व

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय बदर गरिदिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश अउमर अता बन्दियाले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्न पनि नमिल्ने फैसला सुनाएका छन् । ‘प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन ।’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

विपक्षीद्वारा ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्ले संविधानको धारा ५ का आधारमा खारेज गरेसँगै प्रधानमन्त्री खानले संसद् भंग गर्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्तावलाई राष्ट्रपति आरिफ अल्भीले सदर गरेसँगै यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सोही रिटमाथि सुनुवाई गर्दै पाकिस्तानी सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । यससँगै पाकिस्तानमा राजनीतिक एवम् संवैधानिक संकट बढ्ने अनुमान गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *