धादिङ । ज्वालामुखी गाउँपालिका वडा नं ४ को वडाध्यक्षमा स्वतन्त्रबाट कृष्णबहादुर गुरुङ निर्वाचित भएका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका उनी यस पटक पार्टीले टिकट नदिए पछि स्वतन्त्र उठेका थिए । पार्टीले पुर्व गाविस उपाध्यक्ष तथा कांग्रेसका पुर्ववडा सभापति समेत रहेका कृष्णलाल श्रेष्ठलाई टिकट दिएको थियो ।
गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेका आधिकारिक उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै विजयी भएका हुन् । खरायो चुनाव चिह्नबाट उम्मेदवार रहेका उनले १ हजार १ सय ३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी एमालेका रामबहादुर अर्याल ले ५९४ र कांग्रेसका श्रेष्ठले ५३४ मत प्राप्त गरेका छन् । सदस्यहरु भने ४ जना नै नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । यस अघि निर्वाचन परिमाण घोषणा भएका सो गाउँपालिकाको वडा नं १ मा एमाले, वडा नं २ र ३ मा कांग्रेसले जित हात पारेको छ ।